सहरीया जीवनभन्दा गाउँले जीवन बेस

gaule jiwan essay in nepali language

शुक्रबारको त्यो दिन, वादविवाद सकिएपछि हारजितसंगै लिएर स्कुलबाट दुवैजना फर्किएको अस्तिजस्तो लाग्छ । सहरको पक्षमा तर्क राख्दै त्यतिबेला प्रथम हुन सफल म आज वास्तविक जीवनमा भने असफल भएर सहरकै एउटा कुनामा बसेको २० वर्ष भएछ ।  समयको हिसाब राख्ने नजिकै काँटीमा झुण्डिएको क्यालेन्डरले नढाँटेको भए ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसि’ आफू जन्मिएको ठाउँ र आफूलाई जन्म दिने आमा स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने यो  रामवाणीमा  अहिले पनि कति यथार्थ रहेछ । मलाई  भने ‘गाउँले जीवनभन्दा सहरीया जीवन बेस’ भन्ने शीर्षकमा स्कुल पढ्दा गरिएको त्यो  वादविवादको झझल्को आइरहेको छ यतिबेला । मैले सहरीया जीवनको पक्षमा राखेका ती गहकिला तर्क जसका कारण प्रथम हुन सफल म, अनि गाउँले जीवनको पक्ष लिएर हार बेहोरेको त्यो तेजकुमार ।

मैले आज आएर  बल्ल महशुस गरेको छु । ‘सहरीया जीवनभन्दा गाउँले जीवन बेस’ भन्ने चाहिँ ।्

हो तेजकुमार तिमी त साह्रै बुद्धिमानी र भाग्यमानी रहेछौ । अभागी त म रहेछु, छोटो बुद्धि मेरो रहेछ । मैले पनि गाउँले जीवन रोजेर वादविवादमा हारेको भए सायद  आज गाउँले जीवनमै रमाएर बस्थेँ होला ।

वास्तविक सहर नदेखी सहर राम्रो हुन्छ भन्ने तर्ककै भरमा वर्तमानको सुखद् परिकल्पना गरेर पढ्न छिरेको थिएँ सहरमा ।  म सहरमा त्यसै रमाएँ । म सहरको रमझममा भुलेँ एकछिन् ।  त्यसैले आज मसँग न त घर छ,  न त खेतबारी नै बाँकी छ  । लाग्दै छ, टुँडीेखेल वरिपरि कागजको घोडामाथि चढेर वादविवादमा जितेको सहरमा घुमिरहेको छु ।  तिमी गाउँकै हरियाली र मनोरम वातावरण अंगालेर श्रम र पसिनामा रमाइरहेका छौ आज  । फरक यति मात्रै छ, म बाबुबाजेले जोडेको जायजेथा बेचेर, थातथलो छोडेर काठमाडौं सहरमा अँध्यारो कोठाको शरणमा आएँ ।

के गर्नु, घरहरु नजिक भएर  पनि मन टाढा हुँदोरहेछ सहरका मान्छेको । आँगनमा तुलसी मठसमेत नअटाउने, दुईचारवटा फूल फुलाउन पनि गमला किन्नुपर्ने,  तरकारीका लागि कौसीेखेतीको आश गर्नुपर्ने, मर्दा सुताउने ठाउँ पनि  नभएको, चारजना अट्ने बरन्डासम्म पनि नभएको कोचारो...। त्यसमा पनि कतिपय घरधनीको हेलाहाँसो र उपेक्षित व्यवहार सहनुपर्ने । बरन्डाबाट पिच्चपिच्च थुकेको थुक र खकार सोहोरेर बस्नुपर्ने बाध्यता छ कतिले त  ।  यस्तैमा जिन्दगीभरि घाम नदेखिने  चिसो छिँडीमा रमाउनु परेको छ आफूले पनि  ।

तिमीले सम्झाएको नमानेर, मैले मेरो जायजेथा बेचेर हिँड्न लाग्दा, पहिलो छुट्टीमा आउँदा तिमीले मै किन्छु भनेर किनिदिएर गुनसमेत लगाइदियौ, त्यतिबेला । तिमीलाई नै जबरजस्ती दिएर हिडेँ म । अन्तरे बाले त भन्नुहुदैथ्यो, ‘नबेच्, यहाँको १० पाथी बीऊको खेत बेचेर के गर्छस् ?  सहरमा हर्लिक्सको बट्टामा हाल्ने माटो पनि आउँदैन । पुर्खाको थातथलो नमास् । सराप लाग्छ ।  पछुताउलास् ।’ आखिर त्यही नै भयो, जे अन्तरे बाले भन्नुहुन्थ्यो ।   

आज मैले बेचेको बाँझो खेतबारीमा दश नङ्ग्रा खियाएर धान, मकै, कोदो, गहुँ  फलाउँदै कृषिमा नै रमाइरहेका छौ रे रिटायर्ड लाइफमा तिमी । बिहानबेलुका घरको ताजा खाना खाएर घरछेउको टनेल खेतीमा दिन कटाएर पेन्सन जिन्दगी रमाउन सफल भएका छौ । आज तिमीसंग के अपुग छ ?

 वादविवादमा भनेजस्तै म, गाँउको सेवाबाट टाढिएर सहर पसेको  । अझ भन्नुपर्दा गाउँबाट काम गरेर खान दुःख भयो भनेर सुख पाउन सहरतिर भासिएको थिएँ ।  गाउँलाई हेला गर्ने मान्छे म ।  मिठो खाने  राम्रो लाउने रहरै रहरमा सहरमा अलमलिएको अलमलियै भएँ फाँटमा अलमलिएको गोरु जस्तो ।

सबैथोक किनेर खानुपर्ने त्यो पनि बासी विषादी हालेको त कतिकति  । म त्यसमै रमाइरहेँ । विषालु र बासी खानेकुरा मेरा प्रिय भोजन बने । त्यै पनि दुःखजेलो गरेर चाउचाउ र नुडल्सको भरमा जसोतसो छोराछोरी हुर्काउन, बढाउन र पढाउन त सफल भइयो  । तर के गर्नु सबै पखेंटा पलाएपछि विदेशतिर उडिहाल्ने भए गँुडबाट चराहरु उडेजस्तै ।

जसरी मलाई तिमीले अथक प्रयासका बावजुद  गाउँमा रोक्न सकेनौ नि तेजकुमार । बसाइँ हिड्नेको ताँती देखेर गाउँले रोएका थे उबेला । त्यसरी नै मैले मेरा छोराहरुको विदेश मोह रोक्न नसक्ने भएँ  अब । आखिरमा  हुर्किएर  प्लस टु पासका पँखेटा लागेसंगै छोराछोरीहरु विदेश पलायन हुने भए । 

न तिनलाई यो देशको माया छ । न त बुबाआमाको नै माया छ ।  न त राम्रो संस्कार नै सिकाउन सकियो । साह्रै अव्यवहारिक बनाइएछ छोराछोरीलाई पनि । मोबाइलको लत नराम्रो बस्यो तिनीहरुमा । न त गाउँघरकै सम्झना र माया छ तिनलाई । न त सरकारले युवालाई रोजगारको कुनै ग्यारेन्टि नै गरिदियो ।

आज हामी बुढाबुढी मात्रै छौं अँध्यारो कोठामा । अन्त्यमा हामी बुढाबुढी टक्र्याक टुक्रुक्क हुने निश्चित छ । बिरामी हुँदा स्याहार गर्ने  र अस्पताल पुर्याउने कोही छैन  यहाँ । न त छोराछोरी छन् साथमा न त छरछिमेकीको विश्वास नै गर्न सकिन्छ सहरमा ।  हुन त विदेश पुगेका कसका छोराछोरी फर्किएका छन् र आजसम्म ? 

भन्छौ भने,  तेजकुमार घर हुनेको पीडा पनि कम छैन आजभोलि यहाँ । प्रायः घर बृद्धाश्रम बन्ने अवस्थामा छन् । उनीहरु भएर दुखी । हामी नभएर दुखी । अब तिनको बाटो हेर्नु र कुर्नु मात्रै हो । साँझमा चरनमा गएको माउ फर्किने आशमा बाच्छाले हेरेजस्तै । विदेश मोह कतिपयको बाध्यता त कतिपयको विवशता किन नहोस् । उस्तैउस्तै छ । बाबुआमाको मृत्यु संस्कारमा समेत नआएका कति घटना हामीले देखेसुनेकै हो ।  हाम्रो  पो किन त्योभन्दा भिन्न होला र ? समय परिस्थिति कसको बसमा हुँदोरहेछ र खै  ।

कोरोनाको महामारीसँगै निर्लज्ज हार बेहोरेर अब नभएको गाउँ, कता जाउँ, भएको छु म । तेजकुमार तिमी भने लाहुरेको  पेन्सन  पकाएर गाउँ फर्किएपछि जीवनभरिका लागि विजयी भएका छौ । सुरक्षित छ तिम्रो जीवन । वादविवादमा हारेर पनि के भयो त आखिर ।

विदेशबाट जति नै पैसा पठाए पनि संगै भएजस्तो आडभरोसा र सन्तुष्टि कसरी हुन्छ र ? जति पैसा भए पनि आखिरमा यही एकमुठ्ठी सासको आस सबैलाई हुँदोरहेछ । हिजोअस्तिसम्म छोराछोरी युरोप, अमेरिका र अस्टे«लिया छन् भनेर छरछिमेकीसंग गफिनेहरु आज  रातभरि जुम, म्यासेन्जर र भाइबरमा दुःख साटेर घुँक्कघुँक्क रोइरहेका छन् । कोरोनाको त्रासले को कतिबेला सकिने हो, कुनै ठेगान छैन । ग्रिनकार्डवालासंग मात्रै मेरी छोरी बिहे गर्छे भनेर फुर्ति लाउने बाआमा आजभोलि निशब्द देखिन्छन् । कतिपय त बैंकको ऋण तिर्न नसकिने देखेर धमाधम आत्महत्या गरिरहेका छन् रे भन्ने पनि समाचार आउन थालेका छन् ।

‘सम्पत्ति भएर के गर्नु, एउटा माक्सको भरमा एकमुठी सास छेक्नुपरेको छ । घर कम्पाउन्ड घेरेर  कुकुर पाल्दा मात्रै सुरक्षित नहुने र छ  जिन्दगी त । मरेर कसैले के नै पो लग्दोरहेछ र आखिरमा ।’ भावुक भएर घरधनीहरुले यस्ता कुरा भनेको सुन्दा अचम्म  लाग्न थालेको छ आजभोलि त । कतै यो विपत्ले समानतासँगै बोकेर ल्याउने त होेइन ।

हिजोआज मलाई न निद्रा लाग्छ, न भोक नै लाग्छ । छ त केवल तनाव मात्रै ।  तेजकुमार,  म त बोइलर कुखुरा जस्तै भएँछु । हेर्दा मोटोघाटो देखिने तर बिनातागतको फोक्से मासुले भरिएको । फगत सुन्निएको जस्तै  । कृत्रिम र बनावटी मात्रै । सहरको बासी र विषाक्त मिसिएको  असन्तुलित खानेकुराले होला सायद यसरी मोटाएको पनि ।

आखिर चाहिने त गाउँ पो रहेछ । भिरालो पाखो भएर के भो त । सफा, हरियाली र स्वच्छ वातावरण त पाइन्छ  । गाउँ छाडेपछि गाउँको महत्व बल्ल थाहा पाइयो । सायद घर छोडेर गएका छोराछोरीलाई घरको महत्व भएजस्तै ।

गाउँमा बसेको भए सानोतिनो जागिर पनि खाइन्थ्यो होला । बिहानबेलुका  खेतबारीमा लर्याङलुरुङ गरिन्थ्यो । उकालीओराली गर्यो । रुखको छहारीमा बस्यो । खाना खाएको राम्ररी पच्थ्यो । भोकै लागे पनि जरुवाको पानीले प्यास मेटिन्थ्यो । अब त, पछुताउनु शिवाय के नै बाँकी छ र ।

आहा  ! कति रमणीय छ है, हामी जन्मेको हुर्केको ठाउँ । डबलीको चौर, सल्लेरी वन, बसेंरी खेत, तावा खोलाका हरिया दह । गोगनेको भिर, धिप्लुङको छाँगो, काली दह.... ।  प्राकृतिक जीवन कति सरल थियो है तेजकुमार ।

सहर त विरानो र स्वार्र्थी हुँदो रहेछ । आफू अन्त भएपछि आफन्त पनि टाढा हुँदा रहेछन् । कतिपय त सहर पसेर धन कमाएपछि बोल्नै छाड्यो पनि भन्दा हुन् । उनीहरुलाई यहाँको पीडा के थाहा हुन्छ र ? सर्पको खुट्टा त सर्पले मात्रै देख्छ । 

एउटा कोठाको मान्छेले अर्को कोठाको मान्छे नचिन्नु सहरको विशेषता हो । एउटा घरको कुरा अर्का घरमा थाहा नहुने । न समाज चाहिने, न छरछिमेकी काम लाग्ने । अझै भनौं भने नितान्त एक्लो समुद्रबिचको टापुजस्तो । सबै आ–आफ्नै धुनमा व्यस्त अनि मस्त रहने । केहीले त पहिला त्यही गाउँलाई हेला गरियो भनेर  गाउँ छाडेकोमा पश्चाताप मानिरहेका छन् ।  कोहीकोही त भिडभाड र कोलाहालमा संक्रमण फैलिने डरले यतिबेला पाखापखेरा सम्झेर गाउँ फर्किदै छन् । 

आफू त कुन गाउँ फर्किने ? न त सहर आफ्नो भयो । न त गाउँ नै बाँकी छ ।

राजधानीबाट नजिकैका केही साथीभाइका छोराछोरी यतिबेला गाउँमै गएका छन् । उनीहरुलाई गाउँसहर भन्ने खासै भेद छैन ।  आउजाउ भै रहन्छ । त्यसैले पनि गाउँघरको ताजा तरकारी, दुध, दही र मोहीको खासै खाँचो हुँदैन उनीहरुलाई । सहरमा बसेर पनि  गाउँघरको खासै न्यास्रो मान्दैनन् । आफ्नो त एक रात बास बस्न जाने .... ।

भट्टेडाँडाका पुराना कलेज पढ्दाका साथी नारायण सन्जेल लकडाउन हुनुभन्दा एक दिन अगाडि गाउँ पुगे । उनका छोराछोरीलाई रमाइलो भा छ । मोबाइल नभई खाना नखाने, स्कुल जादा डे«स लगाउन नमान्ने उनका छोराछोरी आज गाउँको आँगनमा चरेका कुखुरा, परेवा धपाउँदै, पोखरीका माछालाई जिस्क्याउँदै र टाट्नामा बाँधेका  बाख्राका पाठासँग रमाउँदै, पिँढीमा बसेर दुई थाल भात खान्छन् रे ।

घरको बार्दलीमा बिरालो म्याउँम्याउँ कराएको, बलेँसीमा बाँधिएको भोटेकुकुर, गोठभरिका गाईभैंसी र बाच्छाबाच्छीका हुल देखेर उनीहरु दंग परेका छन् रे । उनीहरुलाई उफ्रीपाफ्री गर्न खाली चौर छ । आजभोलि पाक्ने किम्मु, काफल, ऐंसेलु खान पाउँदा दंग छन्  रे उनीहरु ।  कोरोनाको डर त्यति नभएर होला  । सायद, तिम्रो गाउँघरतिरका केटाकेटी पनि त त्यसरी नै रमाएका होलान् जसरी हामी बाल्यकालमा रमाउँथ्यौं ।

फरक यति हो,  सहरमा बसेर भूकम्प खेपियो । त्यो देखियो जताततै । बारीका पाटामा मलका थुप्रा राखेजस्ता बनाइदियो थुप्रै घरहरु । यो देखिँदैन  रे । त्यो सबैले भोगेको सुनेको कथा भयो तर कोरोनाको कथा कसैले नसुनाको नसुनेको कथा भयो  ।

त्यतिबेला घरभित्र बस्न हुदैनथ्यो । यतिबेला घरबाहिर बस्नहुँदैन । त्यतिबेला एक्लै बस्न हुदैनथ्यो । यति बेला सँगै बस्न हुँदैन । कोरोना महामारीको त्रासले यति ठूलो असर पार्न सक्छ भन्ने  सायदैले अनुमान गरेका थिए । किनकि यो नयाँ संक्रमण थियो । 

हुन त रोगको कुनै देश, जात, धर्म र राष्ट्रियता पनि हुँदैन । यसले कसैलाई विभेद गर्दैन । न त यो शक्तिशाली देश अमेरिकासँग डराएको छ । न त सबैभन्दा बढी जनसंख्या भएको चीनसंग नै झुकेको छ । लकडाउन गरेर बसे पनि सरकारै डराएको छ ।

म भने यहाँ अँध्यारो छिँडीमा कोरोनाको कहर खेपिरहेछु । १५ दिन अगाडि दिनभरि लाइन बसेर ल्याएको ५ केजी चामल, १ केजी दाल र १ केजी नुन अब एकदुई छाकलाई मात्रै होला । हरियो सागसब्जी नखाएको महिनौं दिन भयो । टंगने सुप बनाएर खाँदा के खाइसक्नु हुन्छ र ? यहाँ त एकातिर रोगले मरिन्छ कि भन्ने त्रास छ । अर्कोतिर भोकले मरिन्छ कि भन्ने जगजगी भा छ ।

सडकहरु सुनसान छन् । परेवा, बाँदर, चौपायाहरु भोकले पुक्लुकपुक्लुक ढलेको देख्दा मन अताल्लिएको छ । बाहिरी दुनियाँ अझै  पनि बेखबर छ । न राहत छ न कसैले उद्धार नै गर्ने सोच बनाएको छ । कतिपयको  नागरिकता नभएपछि राहतबाटै वञ्चितसमेत हुनुपर्दा मरेको जुनी जस्तै भएको छ ।  लाग्छ यो सहरमा भर्खरै भीषण युद्ध भएको थियो । सबै उद्धारको पर्खाइमा मात्रै छन् । अमिलो मन बनाएर दुखका कथा मात्रै कति भन्नु तेजकुमार तिमीलाई  पनि दिक्क लागिसक्यो होला अब त  है।

आज आपत्विपत् पर्दा म मात्रै हैन तेजकुमार थुप्रै सहरीयाको  अलिकति भए पनि होस् खुलेको छ । कतिन्जेललाई हो त्यो थाहा छैन । हुन त २०७२ को भूकम्पमा पनि कतिले त काठमाडौंमा पाइलो राख्दिनँ । भोकले र रोगले मरिएछ भने पनि गाउँमा मर्छु भनेर किरिया हालेका थिए । तिनले खाएको किरिया कसम २ महिना पनि टिक्न नपाइकन  फर्किएर आए । नेपालीले दुःख चाडै बिर्सिन्छन् भनेको ठीकै लाग्यो ।। 

त्यति बेला सहर रित्याएर गएझंै लाग्थ्यो । आफू भने  रानीवन नजिकै विष्णुमतिको किनारमा त्रिपालमुनि ज्यान लुकाएर बल्लतल्ल बाँचियो । गाउँ गएका भने दुईतीन महिनापछि त गाउँको घरमा ताला मारेर यतै ओइरिएकाथे उसबेला पनि । सरकारबाट  राहत नपाएपछि भोकभोकै मरिने डरले यतिबेला हप्ता दश दिन लगाएर गाउँ फर्किनेले भने के गर्ने हुन् । हेर्न बाँँकी नै छ ।

 अहिले त गाउँघरतिर फर्केका केटाकेटीले  चिडियाखाना पनि चटक्कै बिर्सिएका छन् रे । मान्छेको कोलाहल नभएपछि  कात्तिकेतिर रतुवा र हरिण आँगनमा खेल्न आउन थालेको सुन्दै छु । ट्याम्के र सेल्मेको वनपाखामा ढकमक्क गुराँस फुलेको होला यतिबेला । आहालेको खोल्सामा पाकेका ऐंसेलु, पातलपानीका  अंगेरी,  पँखेराका खनिउँ, चतापुका काफल, नौलाखर्कका पैंयु, पृष्टिका किम्बु, मानेगाउँका बर खाँदा  गाउँभरिका केटाकेटी तीन छक्क परेका छन् होला । 

सहर भनेर के गर्नु साधारण रुघाखोकी लाग्दा पनि एन्टिबायोटिकको सहारा लिनुपर्ने यहाँका बिरामी आज अस्पताल जान पाएका छैनन् । महामारीको त्रास बढ्दै जाँदा घरबाट बाहिर जाने आँट छैन । सहरका प्रत्येक गल्लीमा चरोमुसो छैन निर्जन वनजस्तो । सडकमा सन्नाटा छाएको छ । त्यता घोटेर खाने ओखतिसमेत यहाँ पाइँदैन तेजकुमार । कस्तो विडम्बना छ शहरको । नत जडिबुटीका जानकार नै पाइन्छन् यहाँ ।

रोगसँग लड्न मह, तुलसीपत्ता, बेसार, अदुवा, दालचिनी र गुर्जो खानु भनेर रेडियो टिभीबाट सुनिए पनि कहाँबाट पाउनु ती जडिबुटी यहाँ । त्यहाँ तिम्रा छोराछोरीहरु दूध, दही र घ्यु खाएर हुर्किएका छन् । रातापिरा खाइलाग्दा होलान् । रोगले हत्तपत्त छुँदैन । तर मेरा छोराहरु पाउडर र पोकाको दूध खाएका पिलन्धरे मात्रै  छन् । सेपिलो बारीमा रोपेका लिखुरे मकैजस्ता हलक्क बढेका मात्र  ।

 तिमी ढुक्क होऊ, तिम्रा छोराछोरीले लैनो भैंसी पालेरै पनि बुढेसकालमा दूध दही खुवाएर स्याहार गर्छन्  । मेराले पसलबाट त्यही पोका दूध ल्याउने क्षमतासमेत छैन । कति फरक छ ? हेर,  गाउँ र सहरमा  । मिठो खाने रहरले पिठो खान पनि मुश्किल छ, अब ।

तिमी त साच्चै भाग्यमानी रहेछौ । यतिबेला बारीमा हिउँदे बाली आलु, गहुँ र मुसुरो पाक्यो होला । भकारीभरि धान छँदै छ  । थांग्रामा मकै झुण्डिएकै छन् ।  बारीभरि  सिमी, बोडी, लौका, चिचिन्डा र फर्र्सीका लहरा लहलह भा छन् ।  अनि  बगैंचामा लटरम्म आरु, बखडा र आँप फलेकै छन् । मौसमले साथ दिएकै छ । खानलाउन दुःख छैन । अरु के चाहियो र तेजकुमार जिन्दगीमा ।

घाँसदाउरा आफ्नै पाखामा छ । महिनैपिच्छे थोरै भए पनि पेन्सन आकै छ  मरमसला र माछामासु किन्न पुगेकै छ । त्यति मात्रै होइन परिवारको साथ पनि छ । सबै संगै छौ । न कुनै छोराछोरीको पीर चिन्ता न कुनै दुःख । तिमी त मानसिक शारीरिक र भौतिक रुपमासमेत रिष्टपुष्ट छौ । त्यसमाथि लाहुरे ज्यान । कसरत  पुगेकै छ । आफू भने उमेरले भन्दा अनुहारले बुढो भइयो ।

खै, यसरी कति दिन पो बस्न सकिएला र शहरमा मजस्ताले । झन् भएभरको भौतिक सम्पत्ति, कंक्रिटका बडेबडे बिल्डिङ छोडेर कयौ सहरीया जीवन रोज्नेहरु त आज महामारीबाट जोगिन ढोकामा भोटेताल्चा झुन्ड्याएर धमाधम गाउँ फकिर्ने तरखरमा छन् । मुस्ताङे मार्फालीहरु मंसिरमा जाडो छल्न बेनी झरेझैं । कति त धन सम्पत्ति भएर पनि दुखी छन् । पारिवारिक र मानसिक सुखका लागि तड्पिएका छन् । मनले जीवनको उत्तराद्र्धमा प्राकृतिक जीवन रोज्न थाले जस्तो छ ।

‘बाह्र वर्षमा खोलो फर्किन्छ’ भनेको यही त होला नि तेजकुमार । अब म पनि कोरोनाको महामारीबाट जोगिनै भए पनि खालि हात र निस्तो मन लिएर तिम्रै शरणमा पर्न पश्चाताप मानीमानी गाउँले जीवन सुरक्षित  देखेर फर्किदै छु । अब त कसमै खाएर भन्छु तेजकुमार, ‘गाउँले जीवनभन्दा शहरीया जीवन बेस’ कदापि हुन सक्तैन...। बरु वादविवादमा भाग लिन्न... ।

Thuprai - Books and E-books

Add a Comment

Name Email Comment Add Comment

Write a reply

gaule jiwan essay in nepali language

  • English || नेपाली
  • CLASS 6 > NEPALI 6
  • Search Here
  • 1 . 1  गुरु कविता - लयबोध गुरु कविता - लयबोध
  • 1 . 2  व्याकरण - नाम र यसका प्रकार व्याकरण - नाम र यसका प्रकार
  • 1 . 3  व्याकरण - वर्तमान काल र यसका पक्षहरु व्याकरण - वर्तमान काल र यसका पक्षहरु
  • 1 . 4  भावार्थ भावार्थ
  • 2 . 1  सस्वरवाचन सस्वरवाचन
  • 2 . 2  बुँदाटिपाेट बुँदाटिपाेट
  • 2 . 3  वचन वचन
  • 2 . 4  सर्वनाम सर्वनाम
  • 3 . 1  सस्‍वरवाचन सस्‍वरवाचन
  • 3 . 2  विशेषण र यसका प्रकार विशेषण र यसका प्रकार
  • 4 . 1  सस्वरवाचन सस्वरवाचन
  • 4 . 2  चिन्हको परिचय र प्रयोग चिन्हको परिचय र प्रयोग
  • 5 . 1 सस्वरवाचन सस्वरवाचन
  • 5 . 2 सङ्क्षिप्त प्रश्नोत्तर सङ्क्षिप्त प्रश्नोत्तर
  • 5 . 3 क्रियापद क्रियापद
  • 5 . 4  जीवनी लेखन अभ्यास जीवनी लेखन अभ्यास
  • 6 . 1  लय वाचन र शब्दार्थ लय वाचन र शब्दार्थ
  • 6 . 2  भावार्थ भावार्थ
  • 7 . 1  तार्किक प्रश्नोत्तर तार्किक प्रश्नोत्तर
  • 7 . 2  भूतकाल भूतकाल
  • 8 . 1  सस्वरवाचन शब्दार्थ सस्वरवाचन शब्दार्थ
  • 8 . 2  करण । अकरण करण । अकरण
  • 9 . 1  ढाँचा नमुना, पहिचान र सस्वरवाचन ढाँचा नमुना, पहिचान र सस्वरवाचन
  • 9 . 2  सम्भावनार्थ सम्भावनार्थ
  • 10 . 1  सस्वरवाचन सस्वरवाचन
  • 10 . 2  पुर्णकालीक क्रियापद पुर्णकालीक क्रियापद
  • 11 . 1  ढाँचा परिचय, सास्वरवाचन ढाँचा परिचय, सास्वरवाचन
  • 11 . 2  कालहरूको अपूर्ण पक्ष कालहरूको अपूर्ण पक्ष
  • 12 . 1  गीत गायन, शब्दार्थ गीत गायन, शब्दार्थ
  • 12 . 2  भावार्थ भावार्थ
  • 12 . 3  आज्ञार्थ आज्ञार्थ
  • 13 . 1  सस्वरवाचन, शब्दार्थ, सन्देश सस्वरवाचन, शब्दार्थ, सन्देश
  • 13 . 2  भविष्यत् काल र पक्षहरु भविष्यत् काल र पक्षहरु
  • 14 . 1  सस्वरवाचन, शब्दार्थ सस्वरवाचन, शब्दार्थ
  • 14 . 2  कारक र विभक्ति कारक र विभक्ति
  • 15 . 1  सस्वरवाचन, शब्दार्थ सस्वरवाचन, शब्दार्थ
  • 16 . 1  आदर आदर
  • 16 . 2  सस्वरवाचन, शब्दार्थ सस्वरवाचन, शब्दार्थ
  • 17 . 1  सस्वरवाचन र शब्दार्थ सस्वरवाचन र शब्दार्थ
  • 17 . 2  विवेचनात्मक उत्तर विवेचनात्मक उत्तर
  • 18 . 1  सस्वरवाचन र शब्दार्थ सस्वरवाचन र शब्दार्थ
  • 18 . 2  लिङ्ग परिवर्तन लिङ्ग परिवर्तन
  • 18 . 3  नमुना निबन्ध: मेरो जन्मभूमि नमुना निबन्ध: मेरो जन्मभूमि
  • 19 . 1  नियमको जानकारी, सस्वरवाचन नियमको जानकारी, सस्वरवाचन
  • 19 . 2  पुरुष परिवर्तन पुरुष परिवर्तन
  • 20 . 1  सस्वरवाचन, शब्दार्थ सस्वरवाचन, शब्दार्थ
  • 20 . 2  कथा लेखन कथा लेखन

जीवनी लेखन अभ्यास जीवनी लेखन अभ्यास

arrow_back क्रियापद क्रियापद

Total Views :

लय वाचन र शब्दार्थ लय वाचन र शब्दार्थ arrow_forward

Join the discussion

  • Privacy Policy

Sujal Panday

  • _Multi DropDown
  • __Nepali Rashifal
  • __Today's Nepali Date
  • __Nepali Unicode
  • Model Questions
  • NEB CLASS 12

अनुशासनको महत्त्व निबन्ध नेपालीमा | Anushasan ko mahatvo |

 Essay 1

अनुशासनको महत्त्वमा निबन्ध (१५० शब्दहरू)

अनुशासनले तपाईको काम सजिलै र प्रभावकारी ढङगले सम्पन्न गर्न मद्दत गर्दछ। अनुशासनको साथ काम गर्दा आफ्ना गतिविधि लाई अनुकूलन गर्न सक्नु हुनेछौं। एक विद्यार्थीको रूपमा तपाईंले अध्ययन गर्न आवश्यक छ। बिहानको सब भन्दा पहिलो घडीमा अध्ययन गर्नु राम्रो हुन्छ जब रातको निद्रा पछि दिमाग ताजा हुन्छ।

यदि तपाईं ढिलो उठ्नुभयो भने तपाईं दिनको धेरै उत्पादक समय गुमाउनुहुन्छ। त्यस्तै, यदि तपाईं बेकारका गतिविधिहरूमा संलग्न हुनुहुन्छ भने, तपाईं आफ्नो अपेक्षित लक्ष्यहरूमा पुग्न असमर्थ हुनुहुन्छ। तसर्थ, एक व्यावहारिक समय तालिका तयार गर्न को लागी राम्रो छ।

व्यवस्थित तरिकाले कार्य गर्दा अनुशासन विकास गर्न मद्दत गर्दछ। यदि तपाईं व्यवस्थित तरिकाले काम गर्नुहुन्छ भने, तपाईं आफ्नो काम अधिक सजिलोसँग पूरा गर्न सक्नुहुनेछ।तपाईं पनि तनावबाट जोगिन सक्नुहुन्छ। तपाईं नियमहरू पालना गरेर अनुशासित हुन सक्नुहुन्छ। यो तपाइँको काम सरल बनाउँछ।

अनुशासनको महत्त्वका लेखहरू (२०० शब्दहरू)

अनुशासन भनेको कामहरू राम्रोसँग गर्ने सही तरिका हो।यसको लागि दिमाग र शरीरमा नियन्त्रण चाहिन्छ। एउटामा स्वायत्त-अनुशासनको प्राकृतिक सम्पत्ति हुन्छ, तर कसैले यसलाई भित्र खेती गर्नुपर्दछ। अनुशासन भावनालाई नियन्त्रण गर्ने क्षमता छ भने सही समयमा सही कार्य गर्नका साथै कमजोरीहरू पनि हटाउँछ।

अनुशासन बिना जीवन अपूर्ण र असफल छ। हामीले हाम्रा सानाहरु र उच्चायुक्तहरूको सम्मान गर्ने क्रममा केही नियमहरू पालना गर्नुपर्दछ। यो जीवनको हरेक क्षेत्रमा, घर, कार्यालय, खेल मैदान वा अन्य स्थानमा प्रत्येकका लागि एक अत्यावश्यक उपकरण हो। यदि हामीले अनुशासनको पालना गरेनौं भने हाम्रो दैनिक जीवन असंगठित हुनेछ। यस संसारमा, सबै कुरामा अनुशासन छ र अनुशासन द्वारा व्यवस्थित गरिएको छ।

हावा, पानी र जमिनले हामीलाई जीवन बाँच्ने मार्ग दिन्छ।सम्पूर्ण विश्व, देश, समाज, समुदाय, आदि अनुशासन बिना अव्यवस्थित हुनेछ किनभने सबै चीजलाई अनुशासन को आवश्यकता छ। अनुशासन प्रकृति हो जुन प्रकृतिले बनाएको सबै कुरामा उपस्थित हुन्छ।

अनुशासनको महत्त्व बारे लेख (२५० शब्दहरू)

परिचय:

अनुशासन पालना र आत्म-नियन्त्रित व्यवहार उचित अधिकारको आदेशहरूको पालना गर्नु हो। अनुशासनको जीवन भर ठूलो महत्त्व छ र जीवनको हरेक क्षेत्रमा आवश्यक छ। यो ती सबैलाई आवश्यक छ जसले कुनै पनि कामलाई गम्भीरतापूर्वक गर्नुपर्दछ। यदि हामी वरिष्ठ अधिकारीहरूको आदेशको पालना गर्दैनौं भने  पक्कै पनि हामी समस्याहरूको सामना गर्नेछौं वा असफल हुन सक्दछौं।

दैनिक जीवनमा अनुशासनको आवश्यकता भन्नाले हामी जहिले पनि अनुशासनमा हुनुपर्दछ र हाम्रो जीवनमा सफल हुनका लागि हाम्रा आमा बुबा र शिक्षकहरूको आदेशहरूको पालना गर्नुपर्दछ। हामी बिहान ओछ्यानबाट उठ्नुपर्दछ र एक गिलास पानी पिउनुपर्छ र आफुलाई ताजा राख्नुपर्दछ। आफ्नो दाँत माझ्नुपर्छ, नुहाउनुपर्छ र त्यसपछि हाम्रोले बिहान को खाजा गर्नुहोस्। हामी खानेकुरा बिना कहिल्यै स्कूल जानु हुँदैन। हामीले हाम्रो होमवर्क सही र स्वच्छ समयमा ठीक समयमा गर्नुपर्दछ।

हामीले हाम्रा आमाबाबुलाई कहिल्यै अस्वीकार गर्नु हुँदैन, उनीहरूलाई अपमान गर्नु हुँदैन वा उनीहरूलाई दुखी बनाउनु हुँदैन र सधैं तिनीहरूको आज्ञा मान्नु पर्छ। हामी सही समयमा र उचित वर्दीमा स्कूल जानुपर्दछ। कक्षामा, हामीले स्कूलको मान्यता अनुसार प्रार्थना गर्नुपर्छ। हामीले शिक्षकको आदेश अनुसरण गर्नुपर्छ। हामीले कक्षा मा सबैलाई राम्रो व्यवहार गर्नु पर्छ र सबै कुरा सही तरिकाले सिक्नु पर्छ।

निष्कर्ष:

हामीले शिक्षकहरू, प्राध्यापकहरु, गेट राख्नेहरू वा विद्यार्थीहरूलाई दुर्व्यवहार गर्नु हुँदैन। हामीले घर, स्कूल, कार्यालय वा अन्य स्थानहरूमा सबैसँग राम्रो व्यवहार गर्नुपर्दछ। अनुशासन बिना, कोही पनि आफ्नो जीवनमा कुनै ठूलो कुरा हासिल गर्न सक्दैन। यसैले, हामी सबैले आफ्नो आमाबुवा र शिक्षकहरूको पालना गर्नुपर्दछ र जीवनमा सफल व्यक्ति बन्नुपर्दछ।

अनुशासनको महत्वमा निबन्ध ( ३०० शब्दहरू )

अनुशासन भनेको हाम्रो शरीर, दिमाग र आत्मालाई नियन्त्रणमा राख्नु हो र परिवारका अभिभावक, शिक्षक र ठुलाहरूको आदेशको पालना गरी सबै कार्यहरू ठीकसँग गर्नु हो।अनुशासनमा रहनु भनेको हाम्रो दिमागलाई नियमहरु स्वीकार गर्न प्रशिक्षण दिनु हो। हामी हाम्रो दैनिक जीवनमा प्रकृतिमा अनुशासनको उदाहरणहरू पनि देख्न सक्छौं

प्रकृतिमा अनुशासनका उदाहरणहरू जस्तै सूर्य प्रत्येक दिन ठीक समयमा उदाउँदछ र ठीक समयमा अस्ताउछ , चन्द्रमा ठीक समयमा उदाउँदछ, बिहान र साँझ ढिलाइ हुन्न, नदी सधैं बग्दछ, आमाबाबु सधैं माया गर्नुहुन्छ, शिक्षकहरूले हामीलाई सधैं सिकाउँछन् र अरू धेरै कुराहरू छन । त्यसोभए हामी किन आफ्नो जीवनमा पछाडि रहन सक्छौं, हामीले जीवनमा चाहिने सबै अनुशासनहरूको पालना गर्नुपर्दछ र समस्याहरूको सामना गरी अगाडि बढ्नु पर्छ ।

अनुशासन कसरी सिक्ने?हामीले अभिभावक, शिक्षक र हाम्रा ठुलाहरुको कुरालाई पछ्याउनु पर्छ। हामीले उनीहरूको अनुभवहरूको बारेमा जान्नको लागि सुन्नु पर्छ र उनीहरूको विजय र असफलताहरूबाट केही जान्नु पर्छ। जब हामी कुनै चीजको गहिरो खोजी गर्न थाल्छौं, यसले हामीलाई जीवनको महत्त्वपूर्ण पाठ दिन्छ।

सीजनहरू आउँदछन् र सही ढाँचामा जान्छन्, वर्षा हुन्छ र जान्छ र सबै कुरा ठीक समयमा हुन्छ ताकि हाम्रो जीवन सन्तुलित हुन सकोस्। त्यसकारण हामी पनि यस पृथ्वीमा जीवन चक्र कायम गर्न अनुशासित हुनु आवश्यक छ।

हाम्रो जीवन, आमा बुबा, शिक्षक, परिवार, वातावरण इत्यादि प्रति धेरै जिम्मेवारीहरू छन्। एक मानव को रूपमा, हामी सोच्न को लागी दिमाग धेरै छ, सही वा गलत को बारे मा निर्णय लिन र यसलाई कार्य मा परिणत गर्ने, हाम्रो योजनाहरु लागू गर्न। त्यसकारण, हामी हाम्रो जीवनमा यस अनुशासनको आवश्यकता र महत्त्व जान्नको लागि उच्च जिम्मेवार छौं।

अनुशासनहीन जीवनमा धेरै भ्रम पैदा गर्दछ र एक व्यक्तिलाई गैरजिम्मेवारपूर्ण र अल्छी बनाउँदछ। यसले आत्मविश्वासको स्तर कम गर्दछ र दिमागलाई एउटा साधारण कार्यको बारेमा अनिश्चित बनाउँछ। जे होस्, अनुशासनमा रहँदा जीवन उच्च बिन्दुमा पुग्दछ र हामीलाई सफलता हासिल गर्न मद्दत गर्दछ।

अनुशासनको महत्वमा निबन्ध (३५० शब्दहरू)

अनुशासनले हामीलाई हाम्रा कार्यहरू र गतिविधिहरू प्रभावकारी ढङगले सम्पन्न गर्न मद्दत गर्दछ। हामी हाम्रो जीवनको हरेक चरण र क्रियाकलापमा अनुशासित हुनुपर्दछ।अनुशासित हुनु सफलता प्राप्त गर्न मद्दत गर्दछ।

हामी नियमहरूको पालना गरेर अनुशासनको विकास गर्छौं ।अनुशासनको लागि हामीले हामीले गरिरहेको नियमहरू पालना गर्नु आवश्यक छ। उदाहरणको लागि, सडकका नियमहरू पालना गर्नु महत्त्वपूर्ण छ। यदि हामीले सडक पार गर्नु पर्ने हुन्छ भने हामीले पैदल यात्री क्रसिंगमा यसो गर्नु आवश्यक छ। यदि हामीले नियम पालन गरेनौं भने यो खतरनाक हुनेछ।

त्यस्तै गरी हामीले हामीले नियमको पालना गर्नुपर्दछ र सम्मान गर्नु पर्दछ जुन हामीले संगठनको भाग मान्दछौं। यदि हामी स्कूल वा शैक्षिक संस्थामा अध्ययन गर्छौं भने हामीले उपस्थिति र अध्ययनका सबै नियमहरू पालना गर्नुपर्दछ।

यदि हामी बिदा लिन्छौं भने हामीले बिदा आवेदन पेस गर्नुपर्नेछ। त्यस्तै, यदि हामी स्कूलमा प्रयोगशाला, कम्प्युटर कोठा र खेल मैदान जस्ता सुविधाहरू प्रयोग गर्न चाहन्छौं भने, हामीले तिनीहरूको प्रयोगको लागि तोकेको नियमहरू पालना गर्नुपर्नेछ।

यदि हामी एक सामाजिक, व्यावसायिक, राजनीतिक, आध्यात्मिक वा सांस्कृतिक संगठनको हिस्सा हौं भने, हामी यसको सुचारु र सामंजस्यपूर्ण कार्यको नियमहरूको पालना गर्न आवश्यक छ। हामीले पनि हामीसँग सम्बन्धित देशको नियम-कानूनको पालना गर्नै पर्दछ। यदि कुनै देशका सबै नागरिकहरू गैरकानुनी गतिविधिमा संलग्न छन् भने, त्यसपछि सम्पूर्ण देश मा अराजकता हुनेछ।

नियमहरू पालना गर्दा हामी केवल सुविधा वा सेवाबाट फाइदा लिन सक्दैनौं तर यो पनि सुनिश्चित गर्दछौं कि त्यहाँ प्रयोगकर्ताहरू वा यो प्रयोग गर्ने अरूलाई कुनै गडबडी वा विनाश हुने छैन। तसर्थ, जब सबैजना अनुशासित हुन्छन् तब त्यहाँ अझ ठूलो सदभाव र बिश्वास हुन्छ।

अनुशासनले समयको न्यायिक प्रयोगको लागि अनुमति दिन्छ । हामी सही समयमा सही गतिविधि गरेर बढी अनुशासित पनि हुन सक्छौं। यसप्रकार हामी हामीसँग उपलब्ध समय न्यायपूर्वक प्रयोग गर्छौं। अप्रासंगिक गतिविधिहरूमा समय खेर फाल्नुको सट्टा हामी हाम्रो लक्ष्यहरू प्राप्त गर्न हाम्रा प्रयास र शक्तिहरू प्रयोग गर्दछौं।

हामीले विद्यार्थीको रूपमा समय सचेत हुन आवश्यक छ ताकि हामी स्कूलमा समयमै पुग्न सकौं। हामीले हाम्रा कार्यहरू र परियोजनाहरू समयमै पूरा गर्नुपर्दछ। त्यस्तै गरी, यदि हामी एक विशेष समयमा नियुक्त गरिएका छौ भने हामी समयमै पुग्न समय निष्ठ हुनुपर्दछ। समय निष्ठामा कटौती गर्नु अनुशासनहीनता को संकेत गर्दछ।

अनुशासनको महत्त्वमा लेख (४०० शब्दहरू)

अनुशासन एक चीज हो जसले सबैलाई राम्रो नियन्त्रणमा राख्छ। यसले व्यक्तिलाई जीवनमा अगाडि बढ्न र सफलता प्राप्त गर्न प्रेरित गर्दछ। हामी प्रत्येक एक जीवन को दिशा मा हाम्रो आवश्यकता र समझ अनुसार विभिन्न रूप मा अनुशासन को अनुभव गरेको छ। सबैको जीवनमा यसको उपलब्धता सही मार्गमा पुग्न धेरै महत्त्वपूर्ण हुन्छ।

अनुशासन: यसको महत्त्व र प्रकार

अनुशासन बिना जीवन निष्क्रिय र बेकार हुन्छ किनभने योजना अनुसार केहि हुँदैन। यदि हामीले कुनै कार्य पूरा गर्ने बारेमा राम्रोसँग र हाम्रो रणनीति कार्यान्वयन गर्न आवश्यक छ भने, पहिले हामी अनुशासनमा हुनु पर्छ। अनुशासनले चीजहरूलाई सजिलो बनाउँदछ र हाम्रो जीवनमा सफलता ल्याउँछ।

त्यहाँ दुई प्रकारका अनुशासन हुन्छन्। एउटा उत्प्रेरित अनुशासन हो जसमा हामी अरूले अनुशासनमा रहन सिक्छौं र अर्को आत्म-अनुशासन हो जुन अनुशासनमा पर्ने हाम्रो आफ्नै दिमागबाट आउँदछ। जे होस्, हामीलाई हाम्रो आत्म-अनुशासन बानी सुधार गर्न केही प्रभावशाली व्यक्तित्व प्रेरणा चाहिन सक्छ।

हामीलाई हाम्रो जीवनको धेरै चरणहरूमा अनुशासन चाहिन्छ, त्यसैले बाल्यकालदेखि नै अनुशासन अभ्यास गर्नु राम्रो हो।आत्म-अनुशासनको अर्थ बिभिन्न व्यक्तिहरूको लागि बिभिन्न चीजहरू हुन् जस्तै विद्यार्थीहरूको लागि, यसको अर्थ आफैंलाई अध्ययनमा ध्यान केन्द्रित गर्न प्रेरित गर्नु र काम ठीक समयमा गर्नु हो।

यद्यपि काम गर्ने व्यक्तिको लागि यसको अर्थ बिहान ओछ्यानबाट उठ्नु, व्यायाम गर्नु, समयमा अफिस जानु र कामहरू ठीकसँग गर्नु हो।

आत्म अनुशासन सबैलाई चाहिन्छ, किनकि आधुनिक समयमा कसैलाई अरुलाई अनुशासनमा रहन प्रेरित गर्ने समय हुँदैन।कुनै पनि व्यक्ति अनुशासन बिना आफ्नो जीवनमा असफल हुन सक्छ र आफ्नो क्यारियर मा शैक्षिक वा अन्य सफलताको मजा लिन सक्दैन।

आत्म अनुशासन प्रत्येक क्षेत्रमा आवश्यक छ, जस्तै डाइटिंग, एकलाई फ्याट र जंक फूड नियन्त्रण गर्न आवश्यक छ र नियमित व्यायाम गर्नुपर्दछ। एकले स्वास्थ्य समस्याहरू विकास गर्न सक्दछ जस्तै खानामा नियन्त्रण बिना मोटोपना, त्यसैले यसलाई कडा अनुशासनको आवश्यकता पर्दछ।

आमाबाबुले आत्म-अनुशासन बानी विकास गर्न आवश्यक छ किन कि तिनीहरूले आफ्ना बच्चाहरूलाई एक राम्रो अनुशासन सिकाउन आवश्यक छ। तिनीहरूले सबैलाइ राम्रोसँग व्यवहार गर्न र ठीक समयमा सबै उत्प्रेरित हुनु आवश्यक छ। केही शरारती बच्चाहरूले आफ्ना आमाबाबुको सल्लाह पालन गर्दैनन्, त्यसैले आमाबाबुले उनीहरूलाई अनुशासन दिनको लागि धैर्यता देखाउनु पर्छ।

प्रकृति अनुसार सबैको अनुशासनको अर्थ सिक्ने समय र क्षमता हुन्छ। तसर्थ, कहिल्यै हार नमान्नुहोस् र सँधै अनुशासनमा रहन कोशिस गर्नुहोस्, किनकि आज लिइएको सानो कदमले भोलिको लागि ठूलो परिवर्तन ल्याउन सक्छ।अनुशासन सधैं तपाईंलाई उत्तम व्यक्ति बनाउँदछ र तपाईंलाई सफलताको नजिक ल्याउँदछ।

अनुशासनको महत्त्व

'अनुशासन' ;शासन' शब्दका अगिल्तिर 'अनु' उपसर्ग लागि बनेको शब्द हो। 'अनुशासन' शब्दले 'सामाजिक, नैतिक, धार्मिक, राजनैतिक आदि नियम-नियमावलीको मर्यादा र सो मर्यादाभित्र रहने कम भन्ने अर्थ बुझाउँछ. यसले 'आदर्श आचरण र त्यसको पालना गर्ने कम ' भन्ने अर्थ पनि व्यक्त गर्दछ। वास्तवमा अनुशासन भनेको मानवजातिको सर्वोत्तम गुण ह। अनुशासित पनि बन्न पुग्दछ. यस्ता व्यक्तिलाई सबैले मन पराउँछन्।

अनुशासन भनेको नियमपालन हो। प्रकृतिले पनि नियमको  पालन गरेको पाइन्छ। पृथ्वीले एक निश्चित गतिमा सूर्यको परिक्रमा गरिरहेको हुन्छ र यसै आधारमा दिन  र रातको प्रक्रिया चालू भाइरहन्छ। विशाल समुद्र पनि आफ्नो निश्चित सीमामा अडेको हुन्छ। गर्मी र जाडो मौसम पनि नियमनुसार नै आउँछन्। त्यसै गरी हावा, बादल, पहाड, आगो, रुख आदि सबै आ-आफ्ना नियामअनुसार चलेका हुन्छन्।प्रकृतिको यस प्रकारको अनुशासनकै आडमा मानवजीवन पनि अडेको छ। यदि प्रकृति अनुशासनमा रहेन भने मानवजीवनको अस्तित्व नै सन्कटमा पर्दछ. प्रकृतिमा पाइने यस्तो अनुशासन मानिसका लागि प्रेरणादायी बनेको छ।

अनुशासन मानिसका लागि अति आवश्यक छ। अनुशासनको पलना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ। यस्तो व्यक्ति सबैका नजरमा आसल ठहरिन्छ. अनुशासनको क्षेत्र ज्यादै फराकिलो पनि छ।घरपरिवारदेखि लिएर समाज, धर्म, संस्कृति, राजनीति, वित्त आदि सबै क्षेत्रमा अनुशासन चाहिन्छ एउटा घरपरिवारम बाबु, आमा, छोरा, छोरी, दाजु, भाई  आदि सबैले एक-अर्कालाई आदर र माया गर्नुपर्छ। समाजमा बसेपछि एक-अर्काको कदर गर्ने, सामाजिक नीतिनियमको पालना गर्ने, दुख परेको बेलामा एकले अर्कालाई सक्दो सहयोग गर्ने अनि कसैप्रति भेदभाव नगर्ने जस्ता आदर्श आचरण अनुशासनकै घेराभित्र पर्दछन्. आफूले मान्ने गरेको धर्मक नीतिनियमको पालना गर्नू हरेक व्यक्तिको मुख्य कर्तब्य हुदैँ हो. त्यसै गरी संस्कृतिक मूल्य र मान्यताका अनुसरण पनि सबैले गर्नुपर्दछ. राजनीतिक क्षेत्रम त् झन् अनुशासन हुनु अपरिहार्य छ. राजनीति गर्नेहरु अनुशासनहीन भए पनि त्यसको असर सिङ्गो राष्ट्रलाई पर्दछ, संपुर्ण जनतालाई पर्दछ. वित्तीय क्षेत्रम अनुशासन भएन भने कुनै राष्ट्र, समाज तथा व्यक्तिको उन्नति नहुने भएकाले यस क्षेत्रमा पनि अनुशासनको महत्त्व टडकारो रुपमा खट्किन्छ. त्यसै गरी सरकारी तथा गैरसरकारी कार्यालय, प्रहरीसेवा र सेनामा त् अनुशासन नभई हुँदैन. तसैले यी क्षेत्रमा अनुशासनको  कडाइक साथ पालना गरिन्छ. यी विभिन्न क्षेत्रमा अनुशासनको पालना नहुने हो भने स्थिति डरलाग्दो गम्भीर हुन् गई मानवजीवन नै अस्तव्यस्त बन्न पुग्दछ.

बिद्यार्थी जीवनमा अनुशासनको ज्यादै महत्त्व रहन्छ | अनुशासनईन बिद्यार्थीको पढाइ राम्रो हुन् सक्दैन भने अनुशासित बिद्यार्थीले पढाइमा अल्लेख्नीय सफलता हासिल गर्न सक्दछ. बिद्यालयका नियमको अक्षरश: पालना गर्ने, शिक्षकको सान गर्ने र तिनले पढाएको-सिकाएको कुरा ध्यम दिएर अध्ययन गर्ने विद्यार्थी पछि गएर असल नागरिक बन्दछ र उसको भविष्य पनि उज्जवल बन्दछ। बिहानले दिनको संकेत गर्छ भनेझैँ विद्यार्थी जीवनले मानिसको भविष्य राम्रो वा नराम्रो के हुने भन्ने कुराको संकेत गर्दछ। त्यसैलेहरेक विद्यार्थी  आफ्नो भविष्य राम्रो होस् भन्नाक लागि अनुशासित भएर पढ्नुपर्छ। अनुशासनहीण विद्यार्थी उद्दण्डत, अराजकता, र विक्र्तिको बाटो तिर लाग्दछ.यस्ता विद्यार्थी भविष्यमा निकै पछुताउनुपर्दछ।

अनुशासनको पालना आफूभित्रैबाट हुनुपर्दछ. सबैले सचेत भई सामाजिक नीति-नियमका घेराभित्र रहेर कम गर्नु उचित हुच्न्हा।  आफू अनुशासनमा रहने मानिसले नै अरुलाई पनि अनुशासनको पाठ पढाउन सक्छ। जुन व्यक्ति  अनुसासित छैन त्यसले अरु कसैले पनि अनुशासित बनाउन सक्तैन। त्यसै गरी कसैले दण्ड, डर र धाम्कीबाट अरुलाई अनुशासन सृजना गरी कायम गरिने अनुशासन क्षणिक हुन्छ,  त्यस्तो अनुशासन सधैँ टिकीरहँदैन। सबैले पहिले आफै अनुशासनमा बस्नु जरुरि छ. यस अर्थमा आत्माअनुशासन नै  अनुशासनको पहिलो शर्त हो।

अनुशासनमा नरहने मानिस लगामविनाको घोडाजस्तै हुन्छ. उसले जीवनमा केही गर्न सक्तैन।उसको जीवन जोखिमपूर्ण पनि हुन्छ। तर अनुशासनको बाटोमा हिँड्ने मानिसले जीवनमा सफलताको शिखर छुन सक्तछ।अनुशासनले व्यक्तिलाई मात्र नभई परिवार, समाज, राष्ट्र र विश्वलाई समेत शिष्ट, सभ्य र सुसंस्कृत बनाउँछ। अनुशासनको पालनाबाट सबैको भलाइ हुने कुरामा दुई मत छैन।

Anushasan ko mahatvo

You may like these posts

Post a comment, social plugin, search this blog, nepali time.

Sujal Panday

Popular Posts

मेरो जीवनको लक्ष्य निबन्ध | Mero Jivan ko Lakshya Nibandha |

मेरो जीवनको लक्ष्य निबन्ध | Mero Jivan ko Lakshya Nibandha |

देशप्रतिको मेरो कर्तव्य निबन्ध | Mero Desh Pratiko Mero kartavya |

देशप्रतिको मेरो कर्तव्य निबन्ध | Mero Desh Pratiko Mero kartavya |

मेरो देश नेपाल बारे निबन्ध | Mero Desh Nepal bare Nibandha |

मेरो देश नेपाल बारे निबन्ध | Mero Desh Nepal bare Nibandha |

  • IOE Entrance (44)
  • NEB Class 12 (25)
  • Nepali Nibandha (24)
  • Class 11 (21)
  • Model Questions (4)
  • Date converter
  • IOE Entrance
  • NEB Class 12
  • Nepali Date
  • Nepali Nibandha
  • Nepali Rashifal
  • Nepali Unicode

Random Posts

मेरो जीवनको लक्ष्य निबन्ध | Mero Jivan ko Lakshya Nibandha |

Footer Menu Widget

ENGLISH GURU

  • Compulsory English
  • Optional English
  • Model Questions
  • _Compulsory English
  • __Literature
  • __Model Questions
  • _Opt English
  • __History of English Literature
  • _Free Writing
  • Students' Corner
  • Other useful links
  • _Department of Education
  • _Curriculum Development Centre
  • _National Examination Board
  • _Teachers Service Commission

Jiwan Kada Ki Phool by Jhamak Ghimire [A Book Review]

gaule jiwan essay in nepali language

Author : Jhamak Kumari Ghimire

Original Title :  जीवन काँडा कि फूल

Country: Nepal

Language : Nepali

Published : Jhamak Ghimire Sahitya Pratisthan 2010

Pages : 250 pg

Awards : Madan Puraskar

ISBN : 978-9-93-722347-8

Jiwan Kada Ki Phool is a collection of autobiographical essays written by Jhamak Kumari Ghimire where she has expressed the struggle and hardship she suffered to fulfill her desire to learn to read and write. It starts with her early memories of childhood.

Jhamak Ghimire was born with Cerebral Palsy in the year 1980, but that did not stop her from learning to read and write. She used to listen to her sister pronounce the letters and do the same silently. She used to observe how her father caught her sister's hand and taught her to write the letters  in paper. She started writing with her toes from the day she first wrote "Ka" in the sands with a twig. She has narrated about the care and support she received from her grandmother contrary to the bitter way the society treated her. She has also expressed her anger towards the discrimination she faced from the society for being born physically disabled. Her silent reactions to all those bitter things the society said to her and her struggle for existence and acknowledgement after the death of her grandmother is expressed beautifully in the book. The words and sentences  used are quite similar to the day-to-day language used in the villages of Nepal.

Jhamak Ghimire is compared to Hellen Keller of the West. But Ghimire, unlike Keller, belonged to a poor family in a destitute country where the parents wished their physically disabled children were rather dead than suffering. She did not receive encouragement or support form her family for learning to read and write. However, she proved herself as one of the most aspiring and promising Nepali authors. Although her life had always been full of struggle and hardship, it never deterred her from her desire to learn. Her determination and strong will-power resulted in giving birth to an aspiring author and one of the most inspirational books of all times. 

Jiwan Kada Ki Phool  is a must read book. It is an inspiring book which teaches us that if we are determined to do something and truly work hard for it, nothing is impossible. The book is a masterpiece by the author and is the most popular book of 2066-67 B.S. It has also received many awards. Most important of all, the book won her the Madan Puraskar, the most prestigious literary award in Nepal, in 2010. It has recently been translated in English as "A flower in the midst of thorns".

You may like these posts

Popular posts.

Grade 12 Compulsory English │ Exam Question Solution

Grade 12 Compulsory English │ Exam Question Solution

Long Question-answer from Grade 11 Compulsory English [Literature]

Long Question-answer from Grade 11 Compulsory English [Literature]

Summary of Neighbours by Tim Winton│ Class 12 English (Exercises) │ NEB Notes

Summary of Neighbours by Tim Winton│ Class 12 English (Exercises) │ NEB Notes

Subscribe us.

  • Com. English Literature Grade 11 11
  • Opt English 12
  • Com. English Literature Grade 11
  • Compulsory English 12
  • English Literature Grade 11
  • English Proverbs
  • Free Writing
  • Grade 12 Compulsory English Literature
  • Grade 12 Opt English Poetry
  • Grade 12 Opt English Stories
  • Grade 12 Opt. English Essay
  • Major English
  • Opt English
  • Question Solutions
  • Students' Corner

Main Navigation Menu

  • _Com. English
  • __Com. English
  • __Opt. English

Social Media Icons

Travel everywhere, keep traveling, report abuse.

My photo

Search This Blog

  • March 2024 1
  • February 2024 1
  • January 2024 4
  • December 2023 4
  • October 2023 1
  • September 2023 3
  • August 2023 8
  • July 2023 5
  • June 2023 11
  • May 2023 34
  • February 2023 1

Bottom Ad [Post Page]

gaule jiwan essay in nepali language

Advertisement

gaule jiwan essay in nepali language

Full width home advertisement

Contact form.

  • Login | Register

Gaule Jiwan

Nirnaya Da' NSK

Nirnaya Da' NSK

  • 5 years ago

Ad Placement

Place your ad here. Contact us [email protected]

  • Singer Nirnaya Da' NSK Prashna Shakya
  • Genres R&B/Hiphop

Lyrics Not Available Right Now

More lyrics from nirnaya da' nsk, maya mero timro lagi khela bho, chords not available right now, feel free to comment, related videos.

Ma Nepali

Recently Published

Saat Rangi

Get Connected

Facebook/tunesnepal.

Image Here

THE TOP 50 Lyrics

The top lyrics.

Click below to view the top 50 most popular lyrics

Image Here

THE TOP 50 Chords

The top chords.

Click below to view the top 50 most popular chords

Image Here

THE TOP 50 Artists

The top artists.

Click below to view the top 50 most popular artists

Footer Top Ad

Login with social media, create new account.

Create your very own TunesNepal account

SignUp with Social Media

Or click below to create tunesnepal account, sign up today and you will be able to:.

Request for Chords and Lyrics

Add your own Lyrics and Chords

Request for an Artist account

पाठको अनुवाद

अनुवादका परिणामहरू, कागजातको अनुवाद, ड्र्याग एन्ड ड्रप गर्नुहोस्.

gaule jiwan essay in nepali language

वेबसाइटको अनुवाद

कुनै URL हाल्नुहोस्

फोटोमा भएका टेक्स्ट अनुवाद गर्ने सुविधा

Results for sahariya jivan vanda gaule jivan bes translation from English to Nepali

Human contributions.

From professional translators, enterprises, web pages and freely available translation repositories.

Add a translation

sahariya jivan vanda gaule jivan bes

Last Update: 2021-01-09 Usage Frequency: 1 Quality: Reference: Anonymous

sahariya jiwan vanda gaule jivan bes

सहरिया जीवन वन्द गौल जीवन बेस

Last Update: 2021-02-03 Usage Frequency: 2 Quality: Reference: Anonymous

debate on sahariya jiwan vanda gaule jivan bes

sahariya jiwan vanda gaule jivan bes मा बहस

Last Update: 2023-09-29 Usage Frequency: 12 Quality: Reference: Anonymous

debate on sahariya jiwan vanda gaule jivan bes in nepali

नेपालीमा सहरिया जीवन वन्द गौल जीवन बेसको बारेमा बहस

Last Update: 2021-05-13 Usage Frequency: 1 Quality: Reference: Anonymous

debate on sahariya jiwan vanda gaule jivan ramro

सहारिया जीवन वन्द गौले जीवन रामरोमा बहस

Last Update: 2021-11-30 Usage Frequency: 1 Quality: Reference: Anonymous

discussion on surname jiwan vanda gaule jivan bes

Last Update: 2018-06-03 Usage Frequency: 4 Quality: Reference: Anonymous

debate on sahariya jiwan vanda gaule jivan besh in nepali language

नेपाली भाषामा सहारिया जीवन वन्द गौले जीवन देशमा बहस

Last Update: 2024-01-25 Usage Frequency: 2 Quality: Reference: Anonymous

essay on sahariya jiwan ra gaule jivan

सहरिया जीवन रा गौल जीवनमा निबन्ध

Last Update: 2021-02-07 Usage Frequency: 3 Quality: Reference: Anonymous

sahariya jiban vanda gaule jiwan besh badwiwad

सहारिया जीवन वन्द गौले जीवन बेश बाविवा

Last Update: 2022-02-25 Usage Frequency: 1 Quality: Reference: Anonymous

sada jivan bhanda bilashi jivan bes

सदा जीवन भण्डा गौले जीवन बेस

Last Update: 2024-03-02 Usage Frequency: 1 Quality: Reference: Anonymous

gaule jivan essay

गौले जीवन निबन्ध

Last Update: 2023-11-26 Usage Frequency: 9 Quality: Reference: Anonymous

shariya jiban vanda gaule jiban bes

शरिया जीवन वन्द गौले जीवन बेस

Last Update: 2023-12-28 Usage Frequency: 4 Quality: Reference: Anonymous

gaule jiwan vanda sahariya jivan bes मा बहस

गाउल जीवान वन्द सहरिया जीवन बेस मा बहस

Last Update: 2023-07-30 Usage Frequency: 8 Quality: Reference: Anonymous

gaule jivan essay in nepali

नेपालीमा गौले जीवन निबन्ध

Last Update: 2022-01-06 Usage Frequency: 1 Quality: Reference: Anonymous

gayle jivan vanda saharaiya jiban ramro

गेल जीवन वन्द सहारायै जीवन राम्रो

Last Update: 2020-12-01 Usage Frequency: 1 Quality: Reference: Anonymous

gaule jivan banda sahariya jivan bes debate in nepali language

गौले जिवन बन्धा सहारिता जिवनले nepali भाषा मा बहस गर्यो

Last Update: 2024-02-12 Usage Frequency: 10 Quality: Reference: Anonymous

debate on gaule jivan vanda sahariya jiwan vesh

गाउल जीवन वन्द सहरिया जीवन vesh मा बहस

Last Update: 2021-05-09 Usage Frequency: 1 Quality: Reference: Anonymous

debate on gaule jivan bhanda sahariye jivan ramro

गौले जीवन बाँडा सहरिए जीवन रामरोमा बहस

Last Update: 2022-09-12 Usage Frequency: 1 Quality: Reference: Anonymous

debate on gaule jiwan banda sahariya jivan besh baadbiwad

गौले जीवन बन्द सहारिया जीवन बद्बिवादमा बहस

Last Update: 2022-06-02 Usage Frequency: 1 Quality: Reference: Anonymous

IMAGES

  1. Hamro gaule jiwan

    gaule jiwan essay in nepali language

  2. NEPALI ESSAY ~ Revival Diary

    gaule jiwan essay in nepali language

  3. Winners of the...

    gaule jiwan essay in nepali language

  4. Mere Jivan ka Lakshya Nepali essay

    gaule jiwan essay in nepali language

  5. gaule jiwan

    gaule jiwan essay in nepali language

  6. स्वस्थ जीवन Essay on Healthy Life in Nepali

    gaule jiwan essay in nepali language

VIDEO

  1. gaule jiwan khotang

  2. New Nepali Gaijatra Song By kamal Gaule II 2080 II

  3. gaule jiwan|| village life||#village #shorts #villagelife

  4. nepali gaule dansh

  5. gaule jiwan@dhaaraa ko paani#jayhanuman #jayshreeram#

  6. Nepali #gaule#khana**dhido&#viral nice*_i like this

COMMENTS

  1. सहरीया जीवनभन्दा गाउँले जीवन बेस

    सहरीया जीवनभन्दा गाउँले जीवन बेस. शुक्रबारको त्यो दिन, वादविवाद सकिएपछि हारजितसंगै लिएर स्कुलबाट दुवैजना फर्किएको अस्तिजस्तो ...

  2. Translate gaule jivan essay in Nepali with examples

    Contextual translation of "gaule jivan essay" into Nepali. Human translations with examples: गौले जीवन निबन्ध. ... Nepali. sahariya jiwan vanda gaule jivan bes मा बहस ... gaule jivan banda sahariya jivan bes debate in nepali language. Nepali.

  3. मेरो जीवनको लक्ष्य निबन्ध

    मेरो जीवनको लक्ष्य. मानिसले आफ्नो रुचि क्षमता, अवस्था र परिस्थिति अनुसार जीवन सफल बनाउन लक्ष्य निर्धारण गर्दछ । लक्ष्य बिनाको ...

  4. मेरो जीवनको लक्ष्य निबन्ध नेपाली

    Do you want to learn how to write an essay in Nepali language? Watch this video and follow the steps to write a simple and effective essay on "My Country Nepal". You will also find some examples ...

  5. जीवनी लेखन अभ्यास

    Online video lecture on Grade 6 NEPALI जीवनी लेखन अभ्यास. The lectures follow the curriculum set by the Nepal Education Board. Learn all school-level subjects based on Nepal Education Board for free in DLC.

  6. Mera gaon essay in nepali

    Mera gaon essay in nepali | my village essay in Nepali | मेरो गांव नेपाली निबंध | मारो गांव नेपालीdoston is video mein humne sikha ...

  7. Debate Competition on "गाँउले जीवन भन्दा शहरिया जीवन वेस"

    The debate Program on topic "गाँउले जीवन भन्दा शहरिया जीवन वेस " was Conducted at Shree Sarsawati Satan Ma Vi Itahari 08 Sunsari on 24 th Mangsir, 2078 under joint initiation of Smart Chhori Campaign and Organized by Child Club of Shree Saraswati Satan School. The program had above 100 Students among them 30 students been participants ...

  8. Jiwan Kada Ki Phool Book Review and Summary

    A must-read is Jiwan Kada ki Phool. It is an amazing novel that shows us that nothing is impossible if we are willing to pursue something and work hard for it. The book is the author's masterwork and the most popular book of the period 2066-67 B.S. It has been reprinted seven times in less than two years, making it Nepal's all-time top seller.

  9. Late post from Friday's Debate...

    Late post from Friday's Debate competition held in Nepali language under the topic of " Sahariyaa jiwan vanda gaule jiwan bees".....

  10. nirnaya nsk gaule jiwan official

    song: gaule jiwanartist/composition/music/lyrics: nirnaya nskfeaturing: prashna shakyaalbum: ma nepali - nsk style… a song that changed the nepali music indu...

  11. Debate on gaule bhanda sahariya jivan besh in Nepali language

    The student's question seems to be a debate about rural life ('gaule jivan') versus urban life ('sahariya jivan') in Nepal. Nepal is a country with diverse community development challenges, with the urban-rural divide being a significant one. For example, Radio Sagarmatha, established in 1997, has been a voice for the people, addressing issues ...

  12. अनुशासनको महत्त्व निबन्ध नेपालीमा

    Essay 1. अनुशासनको महत्त्वमा निबन्ध (१५० शब्दहरू) अनुशासनले तपाईको काम सजिलै र प्रभावकारी ढङगले सम्पन्न गर्न मद्दत गर्दछ। अनुशासनको साथ काम गर्दा आफ्ना ...

  13. Translate gaule jivan essay in nepali in Nepali

    Contextual translation of "gaule jivan essay in nepali" into Nepali. Human translations with examples: नेवार समुदायमा, गौले जीवन निबन्ध, नेपालीमा योग निबन्ध.

  14. Jiwan Kada Ki Phool by Jhamak Ghimire [A Book Review]

    Country: Nepal. Language: Nepali. Published: Jhamak Ghimire Sahitya Pratisthan 2010. Pages: 250 pg. Awards: Madan Puraskar. ISBN: 978-9-93-722347-8. Jiwan Kada Ki Phool is a collection of autobiographical essays written by Jhamak Kumari Ghimire where she has expressed the struggle and hardship she suffered to fulfill her desire to learn to read ...

  15. Translate sahariya jiwan vs gaule jiwan in Nepali

    Contextual translation of "sahariya jiwan vs gaule jiwan" into Nepali. Human translations with examples: सहरिया जीवन, सहारिया जीवनमा बहस, सहारिया जीवन निबन्ध.

  16. Gaule Jiwan

    Contact us [email protected]. Singer. Nirnaya Da' NSK Prashna Shakya. Genres. R&B/Hiphop. View All.

  17. gaule jiwan 2018

    …gaule jiwan was released in 2005…this is the 2018 version….song: gaule jiwan 2005artist: nirnaya nsk feat prashna shakya music/lyrics: nirnaya nskarrange: r...

  18. gaula jiwan in nepali

    Gaula jiwan in nepali Get the answers you need, now! See what teachers have to say about Brainly's new learning tools! ... it means slang soul in nepali. Explanation: FOLLOW ME AND HOPE IT HELPED SORRY IF WRONG. ... when the Eldest Magician blows on them. The Eldest Magician and the animals engage in conversations using language, which is an ...

  19. Google अनुवादक

    Google ले निःशुल्क उपलब्ध गराएको यो सेवा प्रयोग गरी शब्द, पदावली ...

  20. Translate sahariya jivan vanda gaule jiv in Nepali

    Contextual translation of "sahariya jivan vanda gaule jivan bes" into Nepali. Human translations with examples: गौले जीवन निबन्ध.

  21. Gaule Jiwan

    Gaule Jiwan 2005Song: Gaule Jiwan 2005Artist: Nirnaya nsk feat Prashna Shakya Music/Lyrics: Nirnaya nskArrange: Rupendra VaidyaAlbum: "ma Nepali-nskstyle" [2...

  22. Selected Nepali Essays

    Selected Nepali Essays. ... eyes face fact fall feel feet field flowing forest forget friends give grow hand happiness head heart hill human jungle Kathmandu keep land language leaves literature living look meaning merely mind mother mountain moved natural Nepal never night one's past peepul tree perhaps person pigeon poems poet present problem ...

  23. Hamro Gaule Jiwan

    Hamro Gaule Jiwan by Raaz Nepal 🎵Original Song: https://youtu.be/krz6sm4xuMwThis is Guitar Lesson 🎸🎸 I hope you Liked it 🎸 My Channel is About To Give m...